तीन महिनामा ३ अर्ब ६४ करोडभन्दा बढीको धान-चामल आयात
ratopati.com · Wed Oct 28 10:54:15 GMT 2026

काठमाडौँ । कृषिप्रधान मुलुकमा पछिल्लो तीन महिनाको अवधिमा विदेशबाट ठुलो परिमाणमा चामल र कनिका आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोज मसान्तसम्मको तथ्याङ्क अनुसार यस अवधिमा विभिन्न मुलुकबाट कुल ३ करोड ८१ लाख ७४ हजार ३९३ केजी चामल र कनिका भित्रिएको छ ।
विभागका अनुसार यसरी खाद्यान्न आयात गर्दा मुलुकबाट ३ अर्ब ६४ करोड १७ लाख १५ हजार रुपैयाँ बाहिरिएको छ भने यसबाट सरकारले ३२ करोड ७७ लाख ३५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)