शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति
canadanepal.com · Wed Oct 28 10:51:51 GMT 2026

काठमाडौं– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका एक हजार ४१० आरोहीले आरोहण अनुमति लिएका छन् । शरद् ऋतुमा हिमाल आरोहण गर्न १६१ टोलीले अनुमति लिएका हुन् ।
पर्यटन विभागका शाखा अधिकृत सुधा रेग्मीले ४४ हिमाल आरोहणका लागि एक हजार ६९ पुरुष र ३४१ महिलाले आरोहण अनुमति लिएको जानकारी दिइन् । आरोहण अनुमति प्रदान गरेबापत विभागले आरोहीबाट रु ३१ करोड ८० लाख ५० हजार ७७८ रोयल्टी संकलन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)