एउटै विधेयकबाट ८९ ऐन संशोधन, दुई ऐन खारेज हुँदै
rajdhanidaily.com · Tue Apr 29 23:04:47 GMT 2025

काठमाडौं । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८०’ पारित गरेको छ, जसअन्तर्गत एकैपटक ८९ वटा ऐन संशोधन र दुईवटा ऐन खारेज गरिनेछ । यस्तै, बैठकले ‘भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८१’लाई समेत बहुमतले पारित गरेको छ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल ऐन संशोधन गर्ने विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सो विधेयक पूर्वमन्त्री धनराज गुरुङको कार्यकालमा तयार पारिएको थियो । २६ वैशाख २०८० मा प्रतिनिधिसभामा दर्ता भएको विधेयक २९ भदौमा विषयगत समितिमा पठाइएको थियो र १४ वैशाख २०८१ मा सभामा पुनः पेस भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)