मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दशौँ राष्ट्रिय खेलकुदका लागि जिल्लामा खेलाडी छनोट

ajakoartha.com · Wed Oct 28 10:58:00 GMT 2026

काठमाडौं- आगामी म्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने १०औँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशमा जिल्लाबाट खेलाडी छनोटको तयारी थालिएको छ ।

सुदूरपश्चिमका नौ जिल्लाबाट १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन ३२ खेलका दुई हजार ६ सय भन्दा बढी खेलाडीले फारम भरेका सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले जनाएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्काले यही कात्तिक १२ देखि १८ गतेसम्म यहाँका नौ वटै जिल्लामा खेलाडी छनोट गर्नका लागि पत्राचार जारी गरिएको जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)