नेप्सेको नयाँ बेञ्चमार्क इन्डेक्स : किन चाहियो नयाँ सूचक ?
ratopati.com · Wed Oct 28 11:15:00 GMT 2026

नेपालको पुँजी बजारमा तीन दशकदेखि एउटा निश्चित अभ्यास स्थापित छ। हरेक कारोबार दिन तीन बज्नासाथ लाखौँ लगानीकर्ताको ध्यान नेप्से परिसूचकमा जोडिन्छ। वि.सं. २०५० माघ ३० मा १०० को आधार विन्दुबाट सुरु भएको यही परिसूचकले अहिलेसम्म बजारको आधिकारिक मापकका रूपमा प्रतिनिधित्व गर्दै आएको छ। तर, लामो समयदेखि प्रयोग भइरहेको यो सूचकले बजारको वास्तविक कारोबार र गहिराइलाई कति यथार्थपरक रूपमा देखाएको छ भन्नेमा ठोस नीतिगत समीक्षा हुन सकेको थिएन।
यही आवश्यकता सम्बोधन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले 'धितोपत्र बजारमा बेञ्चमार्क सूचकाङ्कको पुनर्संरचना सम्बन्धी कार्यपत्र, २०८१' मार्फत नयाँ 'नेप्से बेञ्चमार्क इन्डेक्स' (एनबीआई) को प्रस्ताव अघि सारेको छ। प्रस्ताव अनुसार हालको परिसूचकलाई समग्र सूचीकृत कम्पनीहरूको पुँजीकरण मापन गर्न 'नेप्से अल इक्विटी इन्डेक्स' का रूपमा कायम राखिनेछ। अर्कोतर्फ, सर्वसाधारणले दैनिक किन्न-बेच्न पाउने कारोबारयोग्य सेयरलाई मात्र समेटेर छुट्टै 'नेप्से बेञ्चमार्क इन्डेक्स' गणना गरिनेछ। संस्थापक, सरकारी स्वामित्व, रणनीतिक लगानी, क्रस होल्डिङ र लक-इन अवधिमा रहेका गैर-कारोबारयोग्य सेयरहरूलाई सूचकको प्रत्यक्ष भारबाट अलग राख्ने यो नीतिगत प्रयास नेपाली पुँजी बजारका लागि समयसापेक्ष र दूरगामी देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)