मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु, चालक घाइते
gorkhapatraonline.com · Wed Oct 28 11:14:19 GMT 2026

नवलपुर–मलङ्गवा सडकखण्ड अन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका–४, हरैयामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।
उक्त दुर्घटनामा मोटरसाइकलका चालकसमेत गम्भीर घाइते भएका छन् । मलङ्गवाबाट हरिपुरतर्फ आउँदै गरेको बीआर ०६ सिएल १४७१ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रु हरैयाकै ६८ वर्षीय युगेश्वर सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक किशोर केसीले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)