मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कोप–३१ का लागि नेपालको पोजिसन पेपर तयार भइसक्यो : कृषिमन्त्री चौधरी

annapurnapost.com · Wed Oct 28 11:08:01 GMT 2026

काठमाडौं : कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) का सन्दर्भमा नेपालको पोजिसन पेपर तयार भइसकेको बताएकी छन्।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधि सभाअन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री चौधरीले जलवायु परिवर्तनले पारेका असरसम्बन्धी विभिन्न प्रतिवेदन र सुझावहरूलाई आत्मसात् गर्दै नेपालको पोजिसन पेपर तयार गरिएको बताएकी हुन्। उनले जलवायु परिवर्तन सम्मेलनका क्रममा आएका सुझावहरूलाई समेत ध्यानमा राख्दै पोजिसन पेपरलाई अन्तिम रूप दिइने उल्लेख गरिन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)