मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्यटक भिसामा आएर स्वास्थ्य शिविर चलाउने १० विदेशीको कागजात जफत

ratopati.com · Wed Oct 28 11:18:00 GMT 2026

काठमाडौं । मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा पर्यटक भिसामा आएर आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर सञ्चालन गरेको आरोपमा १० जना विदेशी नागरिकको कागजात जफत गरी अध्यागमन विभाग पठाइएको छ ।

क्रिश्चियन धार्मिक गतिविधिमा संलग्न रहेको भनिएको ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले आयोजना गरेको शिविरमा विदेशी चिकित्सकसहितका नागरिक सहभागी भएका थिए । विदेशी नागरिक अनुगमन जिल्ला समितिको निर्णयअनुसार उनीहरूका राहदानी आवश्यक कारबाहीका लागि विभाग पठाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)