मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रवासी मताधिकारको कानुनी गाँठो

nepalnews.com · Wed Oct 28 11:15:08 GMT 2026

विदेशमा रहेका नेपालीलाई उतैबाट मत हाल्ने व्यवस्था मिलाउन नसकेको निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको सात महिनापछि फेरि नयाँ कानुनी प्रस्ताव अघि सारेको छ। हुलाकमार्फत मतदान गराउने, विद्युतीय मतदान मेसिन प्रयोग गर्ने र इन्टरनेटबाट मत हाल्ने विकल्प अध्ययन गरी आयोगले प्रस्ताव गृह मन्त्रालयमा पठाएको हो। तर, विदेशमा रहेका नेपालीले आगामी निर्वाचनमा कुन प्रणालीबाट मतदान गर्न पाउनेछन् भन्ने अझै निश्चित छैन।

आयोगले १० कात्तिकमा बाह्य तथा अन्तरजिल्ला मतदानसम्बन्धी प्रस्ताव गृह मन्त्रालयमा पठाएको विवरण सार्वजनिक भएको छ। विभिन्न सात निर्वाचन कानुन एकीकृत गर्ने प्रस्तावित निर्वाचन व्यवस्थापन विधेयकमा यी व्यवस्था थप गर्ने सुझाव दिइएको हो। आवश्यक कानुन र प्रविधि तयार भए आगामी स्थानीय तह वा प्रदेशसभा निर्वाचनमा सीमित स्थानबाट नयाँ मतदान प्रणाली परीक्षण गर्न सकिने आयोगको अध्ययन समितिको निष्कर्ष छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)