मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्यटक भिसामा आएर धार्मिक गतिविधि गर्ने १० विदेशीको कागजात जफत

nepalviews.com · Wed Oct 28 11:17:55 GMT 2026

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा पर्यटक भिसामा आएर आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर सञ्चालन गरेको आरोपमा १० जना विदेशी नागरिकको कागजात जफत गरी अध्यागमन विभाग पठाइएको छ ।

क्रिश्चियन धार्मिक गतिविधिको प्रचारमा संलग्न रहेको भनिएको ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले सञ्चालन गरेको शिविरमा विदेशी चिकित्सकसहित १० जना सहभागी थिए । विदेशी नागरिक अनुगमन जिल्ला समितिको निर्णयअनुसार उनीहरूको राहदानी आवश्यक कारबाहीका लागि अध्यागमन विभाग पठाइएको जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)