मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

जब बीएन्डसीले पैसाका लागि आगलागीका घाइतेलाई ‘रेफर’ गरेन

ekantipur.com · Fri Nov 17 01:28:23 GMT 2023

झापा, काठमाडौं, मोरङ — सिंगो सहर लक्ष्मी पूजाको रौनकमा मस्त भइरहँदा गत कात्तिक २६ मा मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीका दीपक कार्कीको घरमा राति अचानक आगो लाग्यो । आगो निभाउन गएका चार प्रहरीसहित २८ सर्वसाधारण घाइते भए । यो घटना यतिमै सीमित भएन । जब घाइतेलाई थप उपचारका निम्ति काठमाडौं लैजान खोज्दा बिर्तामोडस्थित बीएन्डसी अस्पतालले आनाकानी गर्‍यो, समस्या झनै पेचिलो बन्यो ।

घाइते १४ जनालाई विराटनगरको विराट नर्सिङ होम, कोशी अस्पताललगायतमा लगिएको थियो । ती घाइतेलाई भोलिपल्ट थप उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लगियो । झापास्थित बीएन्डसी अस्पतालमा भर्ना गरिएका सोही घटनाका १० घाइतेलाई पनि थप उपचारका लागि काठमाडौं लैजाने प्रयास गरियो । तर, अस्पताल प्रशासनले ‘रेफर’ गर्न मानेन । अस्पतालको आनाकानी यतिमै सीमित भएन । बिरामीका परिवारजनले जलनको थप उपचार यहाँ सम्भव नहुने भन्दै काठमाडौं लैजान मिलाएको सबै प्रबन्ध अस्पतालको अड्डीका कारण तत्काल सम्भव भएन ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)