नेतन्याहूलाई सत्ताबाट हटाउन यहुदी विपक्षीसँग सहकार्य गर्न तयार रहेको अरब गठबन्धन ‘जोइन्ट लिस्ट’ को भनाइ
clickmandu.com · Wed Oct 28 11:24:18 GMT 2026

एजेन्सी । इजरायलको आमनिर्वाचनमा उत्कृष्ट प्रदर्शन गरेको प्यालेस्टिनी–इजरायली दलहरूको संयुक्त मोर्चा ‘जोइन्ट लिस्ट’ ले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई सत्ताबाट हटाउन त्यहाँका यहुदी विपक्षी दलहरूसँग साझेदारी गर्न तयार रहेको घोषणा गरेको छ ।
मतगणनाको प्रारम्भिक नतिजामा वर्तमान प्रधानमन्त्री नेतान्याहूको लिकुड पार्टी र गादी आइजेनकोटको यासार पार्टीपछि तेस्रो ठूलो शक्तिका रूपमा उदाएको जोइन्ट लिस्ट नयाँ सरकार गठनमा निर्णायक ‘किङमेकर’ बन्ने देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)