मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गैरदलीय स्थानीय निर्वाचन र विदेशमा रहेका नेपालीलाई मताधिकार माग गर्दै निर्वाचन आयोगमा कुलमान

clickmandu.com · Wed Oct 28 11:35:07 GMT 2026

काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले आसन्न स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न निर्वाचन आयोगसँग माग गरेको छ ।

बुधबार आयोगलाई ज्ञापनपत्र बुझाउँदै उज्यालो नेपाल पार्टीले यस्तो माग गरेको हो । ज्ञापनपत्र बुझाउँदै अध्यक्ष घिसिङले स्थानीय सरकारलाई दलीय स्वार्थभन्दा माथि राखेर जनताको प्रत्यक्ष सेवा, सुशासन र विकासको माध्यम बनाउनुपर्नेमा जोड दिए । उनले स्थानीय तहको नेतृत्व चयनमा योग्यता, इमानदारी र कार्यसम्पादनलाई प्राथमिकता दिन गैरदलीय निर्वाचन प्रणाली आवश्यक रहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)