मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एन्फा अध्यक्ष र महासचिवलाई धरौटीमा छाड्न आदेश

kendrabindu.com · Wed Oct 28 11:38:32 GMT 2026

काठमाडौं । जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई जनही पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

जिल्ला न्यायाधीश हरिसिंह धामीको इजलासले बुधबार उनीहरूलाई धरौटीमा छाड्न आदेश दिएको हो। मुद्दा दायर भएपछि फरार रहँदै आएका दुवै जना बुधबार अदालतमा उपस्थित भएर बयान दिएका थिए। त्यसपछि भएको थुनछेक बहसपछि अदालतले धरौटीमा छाड्ने आदेश दिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)