मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्यटक भिसामा आएर स्वास्थ्य शिविर चलाउने १० विदेशीको राहदानी अध्यागमनमा पठाइयो

khabarhub.com · Wed Oct 28 11:38:42 GMT 2026

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर सञ्चालन गरेको आरोपमा १० जना विदेशी नागरिकको राहदानी जफत गरी आवश्यक कारबाहीका लागि अध्यागमन विभाग पठाइएको छ ।

क्रिश्चियन धार्मिक गतिविधि सञ्चालनमा संलग्न रहेको भनिएको ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले पर्यटक भिसामा नेपाल आएका विदेशी चिकित्सकसहितको टोली परिचालन गरी स्वास्थ्य शिविर सञ्चालन गरेको पाइएको हो । विदेशी नागरिक अनुगमन जिल्ला समितिको निर्णयअनुसार उनीहरूको राहदानी आवश्यक कारबाहीका लागि विभाग पठाइएको जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)