मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कुशल भुर्तेललाई गोल्डेन डक हुनबाट डीआरएसले जोगायो

nepalviews.com · Wed Oct 28 11:40:08 GMT 2026

काठमाडौं । एनपीएल ३ को तेस्रो दिन बुधबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच अहिले खेल भइरहेको छ । टस जितेर रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले कुशल भुर्तेलको टिमलाई पहिला ब्याटिङको निम्तो दिएका थिए ।

जारी लिगमा पहिलो खेल खेलिरहेको पोखराको सुरुवात राम्रो हुन सकेन । तेस्रो ओभरमा पोखराका ओपनर दिनेश खरेल हेमन्त धामीको बलमा विकेट किपरबाट समातिए । पोखराका कप्तान कुशल भुर्तेल आजको खेलमा ओपनिङमा नआएर वन डाउनमा आएका थिए । तर, उनी धामीको पहिलो बलमै अम्पाएरबाट एलबीडब्ल्यू आउट दिइए । तर, एनपीएलमा यो सिजनबाट लागू गरिएको डिसिजन रिभ्यु सिस्टम (डीआरएस) ले भुर्तेललाई गोल्डेन डक हुनबाट जोगाएको छ । अघिल्ला दुई सिजनमा राम्रो प्रदर्शन गर्न नसकेका भुर्तेलमाथि यो सिजमा थप दबाब छ । त्यसमाथि आज पहिलो खेलमा पहिलो बलमै उनलाई आउट दिइएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)