मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा सांसदका ओठमा सत्ताको टेप टालिएको छ, सत्य बोल्न सकेनन् : आङ्देम्बे

baahrakhari.com · Wed Jun 10 11:38:06 GMT 2026

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले रास्वपा सांसदका ओठमा सत्ताको टेपले टालिएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै आङ्देम्बेले उक्त भनाइ राखेका हुन् । उनले रास्वापा सांसदहरू सत्यको पक्षमा बोल्न नसकेको बताए । उनले सत्ताको आडमा जे बोले पनि सही थापेर टेबल ठोकेको आरोप लगाएका छन् ।

आङ्देम्बेले भने, “सत्ताको टेपले टालिएको रास्वपा सांसदका ओठहरू सत्यको पक्षमा बोल्न सकेनन् । नेपालले भारतको सीमा मिचेको छ भनेर भन्दा समेत टेबल ठोकेर बसे ।”

#नेपाली कांग्रेस

#रास्वपा

#भीष्मराज आङ्देम्बे

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय