जफत मोबाइल नष्ट प्रकरण मुद्दा सर्वोच्च अदालत पुग्यो
shilapatra.com · Wed Jun 10 11:30:00 GMT 2026

सिरहाका विभिन्न परीक्षा केन्द्रबाट जफत गरिएका मोबाइल फोन तथा स्मार्टवाच नष्ट गरिएको मुद्दा सर्वोच्च अदालत पुगेको छ । अधिवक्ता अनिलकुमार साहसहित परीक्षार्थी महेशकुमार महासेठ, रमणकुमार यादवलगायतले मंगलबार संयुक्त रूपमा दायर गरेको रिटमा नेपाल सरकार, गृह मन्त्रालय, मधेश प्रदेशको शिक्षा मन्त्रालय, राष्ट्रिय परीक्षा बोर्ड तथा जिल्ला प्रशासन कार्यालय सिरहालाई विपक्षी बनाइएको छ ।
रिट निवेदकहरूले परीक्षा मर्यादा उल्लंघनको आरोपमा जफत गरिएका सामग्री कानुनी प्रक्रिया पूरा नगरी नष्ट गरिएको दाबी गरेका छन् । उनीहरूको भनाइमा परीक्षा केन्द्रमा मोबाइल लैजानु वा प्रयोग गर्नु नियमविपरीत हुन सक्छ, तर त्यसकै आधारमा निजी सम्पत्ति नष्ट गर्ने अधिकार कुनै निकायलाई प्राप्त छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)