मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सेयर बजारमा १७ अर्ब कारोबारको कीर्तिमान

karobardaily.com · Mon May 31 00:38:56 GMT 2021

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८-०७९ का लागि बजेट सार्वजनिक गरेको भोलिपल्ट आइतबार सेयर बजारको कारोबारमा रेकर्ड कायम भएको छ । आइतबार बजार सामान्य उकालो लागेर हालसम्मकै उच्च रेकर्ड कायम भएको हो ।

साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक १२.५४ अंकले वृद्धि भई २८२७.९३ अंकमा पुगेको छ । यसैगरी एकैदिन १७ अर्बबराबरको कारोबार भएको छ । यसदिन २१९ कम्पनीका ४ करोड २६ लाख कित्ता सेयर किनबेचबाट १७ अर्ब २ करोड ८४ लाख बराबरको कारोबार भएको छ । नेप्से सूचक र कारोबार रकम हालसम्मकै उच्च हो ।

स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)