मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेप्सेमा चमक, ३३ अंकको बढोत्तरी

hamrakura.com · Wed Oct 28 00:00:00 GMT 2026

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३३ दशमलव २९ अङ्कले बढेर दुई हजार ६६४ दशमलव ०६ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३२ अङ्कले बढेर ४८१ दशमलव ७९ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक दुई दशमलव ६२ अङ्कले बढेर १८४ दशमलव ७३ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक दुई दशमलव ३९ अङ्कले बढेर १६३ दशमलव ०९ मा पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)