मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

एफडब्लुसीएमएस प्रणालीमा २५ वटा म्यानपावर सूचीकृत हुनु नै गैरकानुनी होईन : प्रवक्त आचार्य

aarthiknews.com

काठमाडौं । मलेसियाको एफडब्लुसीएमएस प्रणालीमा नेपालका २५ वटा म्यानपावर सूचीकृत हुनु गैरकानुनी नरहेको युवा, श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । मन्त्रालयकी प्रवक्ता समेत रहेकी सहसचिव मिरा आचार्यले उक्त प्रणालीमा २५ वटा मात्र सूचीकृत भएकै आधारमा त्यसलाई गैरकानुनी भन्न नमिल्ने बताएकी हुन् ।

ति म्यनवारहरु सो प्रणालीमा कुन मूल्याङ्कनका आधारमा सूचीकृत भए सो मूल्याङ्कन कति पारदर्शी छ, सोको विषयमा मन्त्रालयले चासो दिएको उनले बताइन् । आर्थिक न्यूजसँग कुरागर्दै प्रवक्ता आचार्यले भनिन्, 'प्रणालीमा उनीहरू सूचीकृत भएकै आधारमा हामीले त्यसलाई गैरकानुनी भन्ने मिल्दैन । हाम्रो चासो भनेको सूचीकृत हुनका लागि कुन विधिबाट मूल्याङ्कन गरियो ? त्यो मूल्याङ्कनको पारदर्शिता नेपाल सरकारले चाहेको छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)