मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

करदाता प्रोत्साहन उपहार कार्यक्रमको प्रभाव देखिन थाल्यो, भ्याट संकलनको वृद्धिदर सबैभन्दा उच्च

aarthiknews.com

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रम र बिलिङ प्रणालीको प्रभावले सरकारको मूल्य अभिवृद्धि कर (भ्याट) संकलनमा उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्ममा भ्याट संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.०३ प्रतिशतले बढेको छ । कर राजस्वका प्रमुख शीर्षकमध्ये भ्याट संकलनको वृद्धिदर सबैभन्दा उच्च देखिएको छ ।

सरकारले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा भ्याटबाट १ खर्ब ६ अर्ब ४३ करोड ५३ लाख रुपैयाँ संकलन गरेको छ । गत वर्षको तुलनामा भ्याट संकलन २५ अर्ब २० करोड रुपैयाँले बढेको हो । सरकारको ‍लक्ष्य ८८ अर्ब ४२ करोड थियो । यो शीर्षकमा लक्ष्य भन्दा बढी राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा यस शीर्षकबाट ८१ अर्ब २३ करोड ९ लाख रुपैयाँ संकलन भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)