एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई धरौटीमा रिहा गर्न अदालतको आदेश
sutranews.com · Wed Oct 28 12:00:51 GMT 2026
काठमाडौं । ललितपुर जिल्ला अदालतले अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरसम्बन्धी रिटमाथि बुधबार (कात्तिक ११) सुनुवाइ गर्दै जिल्ला न्यायाधीश हरिसिंह धामीको एकल इजलासले अध्यक्ष नेम्वाङ र महासचिव राईलाई जनही ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । यसअघि बुधबार नै उनीहरु अदालतमा उपस्थित भएर बयान दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)