मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिन उज्यालो नेपालको माग

nagariknews.nagariknetwork.com · Wed Oct 28 11:49:29 GMT 2026

उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट सम्पन्न गर्न र विदेशमा रहेका नेपाली नागरिकलाई आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न माग गरेको छ। पार्टी अध्यक्ष कुलमान घिसिङले मंगलबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तसमक्ष ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेका हुन्।

ज्ञापनपत्रमा स्थानीय तहको निर्वाचनलाई दलीय स्वार्थ र राजनीतिक शक्ति प्रदर्शनबाट मुक्त गर्दै नागरिकको प्रत्यक्ष सेवा, सुशासन र विकासमा केन्द्रित बनाउन गैरदलीय निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने उल्लेख छ। स्थानीय तहको नेतृत्व चयन गर्दा दलगत प्रभावभन्दा उम्मेदवारको योग्यता, इमानदारी, कार्यक्षमता, कार्ययोजना र नागरिकप्रतिको जवाफदेहितालाई प्राथमिकता दिनुपर्ने पार्टीको माग छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)