मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

सिङ्गा तातोपानीमा स्वास्थ्य पर्यटनको याम सुरु

gorkhapatraonline.com · Wed Oct 28 12:14:41 GMT 2026

म्याग्दीको बेनी नगरपालिका–४ स्थित प्राकृतिक उपचार स्थलका रुपमा परिचित सिङ्गा तातोपानी कुण्डमा स्नान गरेर स्वास्थ्य लाभ लिन आउने सर्वसाधारण तथा बिरामीको चहलपहल बढेसँगै स्वास्थ्य पर्यटनको याम सुरु भएको छ । कात्तिकदेखि वैशाख महिनासम्म तातोपानीको कुण्डमा स्नान गरेर स्वास्थ्य लाभ लिनका लागि आउने सर्वसाधारणहरुका कारण कुण्डमा भिडभाड हुन्छ ।

दसैँलगत्तै कुण्डमा स्नान गर्न आउनेको सङ्ख्या बढेको छ । प्राकृतिक रुपमा निस्कने तातोपानीका पोखरीमा स्नान गर्दा विभिन्न स्वास्थ्य समस्याबाट राहत मिल्ने विश्वासका साथ म्याग्दीसहित देशका विभिन्न जिल्लाबाट मानिसहरु यहाँ आउने गरेका छन् । अहिले दैनिक सात सयभन्दा बढीले कुण्डमा स्नान गर्ने गरेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)