निर्वाचन आयोगलाई उज्यालो नेपाल पार्टीले बुझायो ज्ञापनपत्र
annapurnapost.com · Wed Oct 28 12:11:26 GMT 2026

काठमाडौं : उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचन र विदेशमा रहेका नेपालीको मतदान अधिकार सुनिश्चित गर्न माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएको छ।
बुधबार कुलमान घिसिङज्यूको नेतृत्वको टोलीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट सम्पन्न गर्न तथा विदेशमा रहेका नेपाली नागरिकलाई आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गर्न माग गर्दै प्रमुख निर्वाचन आयुक्तसमक्ष ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा स्थानीय तहको निर्वाचनलाई दलीय स्वार्थ र राजनीतिक शक्ति प्रदर्शनबाट मुक्त गर्दै नागरिकको प्रत्यक्ष सेवा, सुशासन र विकासमा केन्द्रित बनाउन गैरदलीय निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने माग गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)