मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाेल्न नदिएकाे भन्दै श्रम संस्कृति पार्टीका सांसदहरुको संसदमा नाराबाजी

ratopati.com · Wed Jun 10 11:39:33 GMT 2026

काठमाडौँ । सभामुखले संसद् बैठकमा बोल्न समय नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदहरू आक्रोश व्यक्त गरेका छन् । बुधवारको बैठकमा सभामुख डीपी अर्यालले कांग्रेस, एमाले, नेकपा र राप्रपालाई बोल्न दिएपछि राष्ट्रपतिको कार्यालयबाट आएको पत्र पढेर सुनाउने तयारीमा थिए । त्यसैवेला श्रम संस्कृतिका सांसद हर्क साम्पाङ उठेर आफूहरूलाई भेदभाव गरेर बोल्न नदिएको भन्दै विरोध गरे ।

एकछिन सभामुख र साम्पाङविच सवाल जवाफ चलेको थियो । त्यसक्रममा सभामुखले विपक्षी दलका सांसदहरूलाई बोल्न दिने भन्दै धैर्य गर्न सुझाव दिए । यही बिचमा सभामुखले रास्वपा सांसद रिमा विश्वकर्मालाई नियमापत्तिका लागि सभामुखले समय दिए । तर साम्पाङ रोकिएनन् । अनि सभामुखले अपमानजनक र अमर्यादित शब्दहरू प्रयोग नगर्न चेतावनी दिए ।

‘धैर्यता राख्नुस् म बोल्दैछु । यो कुनै बाहिर गएर सभामा गएर बोलिरहनुभएको होइन, यो प्रतिनिधि सभाको उच्च सभा हो’, सभामुखले भने, ‘सुनिदिनुपर्‍यो ।’

तर पनि साङपाङ नरोकिएपछि श्रम संस्कृतिका सांसदहरूले मन्त्रीले बोल्दा समेत विरोध गरेको भन्दै आज समय दिन नसक्ने भएको बताए । त्यसपछि उनले राष्ट्रपतिको मन्त्रिपरिषद् पुनर्गठन र हेरफेरबारेको पत्र पढेर सुनाएका थिए । सभामुखले पत्र पढेर सुनाउँदै गर्दा श्रम संस्कृतिका सांसदहरूले नाराबाजी गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय