मोटरसाईकल दुर्घटनामा एकको मृत्यु
gorkhapatraonline.com · Sun May 17 16:09:13 GMT 2026

झापाको अर्जुनधारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान .१०;३० बजे अर्जुनधारा ४ दहीझोडास्थित दुर्गापुर–खुदुनावारी सडकखण्डमा दुर्गापुरबाट जुकेखाडीतर्फ आउँदै गरेको मे.४ प ७१९६ नं को मोटरसाइकल. आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक कन्काई –४ बस्ने बर्ष ३५ का मनोज कुमाल गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा त्यहाँबाट थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)