मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चक्रवात ‘अर्नब’ को असर, बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना

bishowkhabar.com · Wed Oct 28 12:32:05 GMT 2026

काठमाडौं– नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा बनेको अति शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशबाट जमिनमा प्रवेश गरेको जनाएको छ । यसको प्रभावले नेपालका केही भूभागमा समेत बादल लागिरहेको र बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने विभागले जनाएको छ ।

विभागकी मौसमविद् बिनु महर्जनले बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को प्रभावले नेपालका विभिन्न प्रदेशमा भारीदेखि अतिभारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जानकारी दिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)