मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सूर्यदर्शनले उजाडेकाको परिवारमा अन्न न औषधि

ekantipur.com · Tue Dec 26 01:05:30 GMT 2023

पोखरा — फिर्केखोलाको तीरैतीर पोखराको चिसापानी पुगेपछि तीनतले घरको माथिल्लो तलामा टिनले छाएका दुई कोठा छन् । दाजुभाइलाई अंशबन्डा गर्दा भागमा परेको रकम सहकारीमा जम्मा गरेर सुरज केसीको परिवार भाडामा बसेको छ । उनी मुटुरोगी हुन् भने आमा मधुमेह र उच्च रक्तचापकी । भान्सामा भाडा रित्ता छन्, अर्को कोठामा औषधिका खाली बट्टा ।

पोखराकै सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचत गरेको रकम हिनामिना हुँदा उनको घरमा यतिबेला न अन्न छ, न औषधि । केसीको ‘ओपन हार्ट सर्जरी’ गरेर ‘प्रोस्थेटिक मेटालिक भल्भ’ जोडेको १४ वर्ष भयो । कोठामा पुग्ने जोकोहीलाई उनी आफ्नो मुटुको टिक–टिक आवाज सुनाउँछन् । गाह्रो काम गर्न नसक्ने भएपछि औषधोपचार गरौंला, दुई छाक खाउँला भनेर जम्मा गरेको ६५ लाख रुपैयाँ सहकारीले हिनामिना गरेको सुनेपछि उनले अचेल सुर गुमाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)