मलेसियाले पुरानै नीतिअनुसार नेपाली कामदार भर्ना गर्ने, सरकारको प्रस्ताव अस्वीकार
bishowkhabar.com · Wed Oct 28 12:40:29 GMT 2026

काठमाडौं– मलेसियाले नेपालको प्रस्ताव अस्वीकार गर्दै पुरानै नीतिअनुसार सीमित म्यानपावर कम्पनीलाई मात्रै कामदार भर्नाको अनुमति दिएको छ । नेपालले इजाजत प्राप्त सबै म्यानपावर कम्पनीलाई मलेसियामा कामदार पठाउन दिन प्रस्ताव गरेको थियो ।
मलेसियाको मानव संसाधन मन्त्रालयले पठाएको पत्रअनुसार २५ वटा मुख्य म्यानपावर कम्पनी र तिनको मातहतका १०-१० वटा सहयोगी कम्पनीमार्फत मात्रै नेपाली कामदार भर्ना गर्ने व्यवस्था कायम रहनेछ । जसअनुसार कुल १२५ वटा म्यानपावर कम्पनीले मात्रै मलेसियामा कामदार पठाउन पाउनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)