मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
ratopati.com · Sun Jul 12 18:42:45 GMT 2026

पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले प्रसिद्ध पर्यटकीय क्षेत्र घान्द्रुक जोड्ने नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक अवरुद्ध बनेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ किम्रुङमा आइतबार बिहानदेखि भइरहेको भारी वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा मोदीखोलामा पानीको बहाव बढेको हो ।
बाढीले कास्कीको अन्नपूर्ण गाउँपालिका ८ र वडा नं १० को सिमाना सेउलीबजार नजिकै सडक कटान गर्दा घान्द्रुक जोड्ने सडक पूर्ण रूपमा बन्द भएको हो । यसैगरी सोही ठाउँमा रहेको स्थानीय दिपिल गुरुङको रेस्टुरेन्ट तथा घर पूर्ण रूपमा बगाएको छ भने जगन पुनको रेस्टुरेन्टमा पनि क्षति पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)