मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मलेसिया रोजगारीबारे भ्रामक सूचना नफैलाउन सरकारको आग्रह

nepalpress.com · Wed Oct 28 13:04:55 GMT 2026

काठमाडौँ । मलेसिया रोजगारीका विषयमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भ्रमपूर्ण र तथ्यहीन सूचना सम्प्रेषण भइरहेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्यस्ता सूचनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मलेसिया रोजगारीको पछिल्लो अवस्थाबारे मलेसिया सरकारका सम्बन्धित निकायसँग निरन्तर कूटनीतिक संवाद भइरहेको जनाएको हो । सरकारले आपसी संवादका माध्यमबाट यस विषयलाई यथाशीघ्र टुङ्ग्याउने पक्षमा रहेको विज्ञप्तिमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)