उधारो कारोबारले दुर्घटनातिर सेयर बजार, नेप्से र सेबोनलाई छैन चासो
corporatenepal.com · Wed Oct 28 13:04:41 GMT 2026

काठमाडौं । कृत्रिम कारोबार गरी शेयरको मूल्यमा चलखेल गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा व्यक्ति र संस्थासहित ८१ प्रतिवादीविरुद्ध मुद्दा दायर भएपछि गत जेठको अन्तिम साता देश तरङ्गित भयो। विभिन्न चर्चा तथा विवादमा तानिँदै आएका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई मुख्य योजनाकारका रूपमा उभ्याइएको मुद्दामा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा, निजी क्षेत्रका अन्य व्यक्ति, बीमा कम्पनी, मर्चेन्ट बैंक तथा धितोपत्र दलाल कम्पनीका अधिकारीहरूलाई प्रतिवादी बनाइएको थियो।
नाम चलेका व्यक्तिहरू प्रतिवादी बनाइएकाले मात्र यो मुद्दा चर्चित भएको होइन। मानिसहरूले विश्वास गरेर आफ्नो पुँजी लगानी गर्ने धितोपत्र कारोबारमा चोरबाटोबाट भएको चलखेलको विषय यसमा महत्त्वपूर्ण थियो। हुन त सँगसँगै दायर भएका अरू दुई मुद्दामा केही अभियुक्त साझा छन् भने समग्रमा अन्य विषय पनि जोडिएका छन्। नेपाल धितोपत्र बोर्डको पत्रसहित दायर गरिएको ‘शेयर मूल्यमा चलखेल गरेको’ यस मुद्दामा संगठित रूपमा कृत्रिम कारोबार गर्ने छिद्र खुला छोडिदिने नेप्से र नियामकको भूमिकाबारे भने यथेष्ट बहस भएन।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)