मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फेरि ३४ पानाको राहदानी

gorkhapatraonline.com · Fri Sep 22 05:59:19 GMT 2023

काठमाडौँ, असोज ५ गते । राहदानी विभागले फेरि ३४ पानाको राहदानी वितरण गर्ने भएको छ । अर्को सातादेखि ३४ पानाको राहदानी वितरण हुने जानकारी विभागले दिएको छ ।

विभागका प्रवक्ता कुमार राईका अनुसार ३४ पानाको राहदानीका लागि असोज १ देखि आवेदन खुला गरिएको छ । अब भरिएको आवेदन अनुसार अर्को साता इनरोलमेन्टका लागि मिति प्राप्त गरेकाले पहिलेकै शुल्क १२ हजार रुपियाँमा द्रुत सेवामार्फत राहदानी पाउने राईले बताउनुभयो । पुरानै कम्पनीसँग विभागले गरेको सम्झौता अनुसार अर्को साता २८ लाख प्रति राहदानी नेपाल आइपुग्ने भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)