ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?
khabarhub.com · Wed Oct 28 13:15:43 GMT 2026

काठमाडौं – अमेरिकी र्यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र सीमित छैन। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंसा गरेपछि उनलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउनुपर्ने प्रस्ताव सामाजिक सञ्जालमा अघि सारिएको छ । ट्रम्पका सहयोगीहरूले नै यस्तो सुझाव दिएपछि निकीको सम्भावित राजनीतिक भूमिकालाई लिएर चर्चा सुरु भएको हो ।
यो चर्चा त्यतिबेला सुरु भयो, जब निकीले अमेरिकी राष्ट्रपति ट्रम्पसँग एयर फोर्स वनमा यात्रा गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिन् । भिडियोमा उनले विमानको भित्री भाग देखाउँदै आफ्नो अनुभव साझा गरेकी छन् । उनले ट्रम्पको अन्तर्राष्ट्रिय नीतिको प्रशंसासमेत गरेपछि ह्वाइट हाउसका अधिकारीहरूको ध्यान उनीतर्फ गएको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)