फिल्मी शैलीमा सिटी सफारी चोरीमा संलग्न गिरोह पक्राउ
annapurnapost.com · Sun May 17 16:11:26 GMT 2026

झापा : भद्रपुरस्थित जिल्ला प्रशासन कार्यालय झापा नजिकैबाट फिल्मी शैलीमा इलेक्ट्रिक सिटी सफारी चोरी गर्ने गिरोह पक्राउ परेका छन्। लगातार तीनवटा सिटी सफारी प्रशासन कार्यालय नजिकैबाट चोरी भएपछि प्रहरीले विशेष अभियान चलाएर मुख्य आरोपिसहित १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
प्रहरीका अनुसार यी गिरोहले भद्रपुर, बिर्तामोड र काँकडभिट्टा लगायतका क्षेत्रमा विभिन्न मितिमा पार्किङ गरिएका दुई दर्जन बढी सिटी सफारी चोरी गरेको अनुसन्धानको क्रममा खुलेको जनाइएको छ। प्रहरीले सीसीटीभी फुटेजको आधारमा गिरोहका सदस्यहरूलाई पक्राउ गरेको डीएसपी खड्काले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
नेपाल प्रहरी