भोटोकोशी बाढीको बीमा दाबी भुक्तानी ८२ करोड नाघ्यो, २० अर्बभन्दा बढीको दाबी
nepalsamaya.com · Wed Oct 28 13:36:50 GMT 2026

काठमाडौं। गत भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका भौतिक संरचना, सवारीसाधन तथा अन्य सम्पत्तिको बीमा दाबी भुक्तानी ८२ करोड १३ लाख रुपैयाँ नाघेको छ।
बीमा कम्पनीहरूले अग्रिम भुक्तानीसहित उक्त रकम बराबरको दाबी फर्छ्योट गरेका हुन्। नेपाल बीमा प्राधिकरणका अनुसार बाढीबाट भएको क्षतिबापत बीमा कम्पनीहरूमा कुल २० अर्ब ९० करोड ४९ लाख रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ। हालसम्म यससम्बन्धी दुई हजार ४९१ वटा दाबी दर्ता भएका छन्। प्रारम्भिक दाबी रकमको तुलनामा भुक्तानी भएको रकम भने निकै कम छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)