प्रेरक प्रसंग : आइन्स्टाइन र हराएको ‘क्लिप’
nayapatrikadaily.com · Sun Oct 15 00:05:00 GMT 2023
महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइन आफ्ना साधारणदेखि महत्वपूर्ण कुनै पनि काममा अत्यन्त गम्भीरतापूर्वक खटिन्थे र सफलता प्राप्त नगरुन्जेल त्यसबाट विश्राम लिँदैनथे ।
एकपटक आइन्स्टाइन एउटा शोधपत्र लेख्दै थिए । केही समयको अथक मिहिनेतपछि उनले त्यसलाई पूर्णता दिए । शोत्रपत्रको पूर्णतापछि उनले जब त्यसलाई च्याप्न क्लिप खोजे, तर कतै भेटेनन् । उनले सम्भाव्य सबै ठाउँमा खोजे, तर कतै पनि पेपर क्लिप भेटेनन् । तैपनि, निराश नभई उनले खोजीकार्य जारी राखे । खोज्दै जाँदा उनले कोठाको कुनामा बिग्रेर फालिएको एउटा थोत्रो क्लिप भेटे ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)