सुडानका पूर्व प्रधानमन्त्री मेहदीको कोरोना सङ्क्रमणपछि मृत्यु
ratopati.com
एजेन्सी । सुडानका पूर्व प्रधानमन्त्री तथा प्रतिपक्षी दलका वरिष्ठ नेता सादिक अल मेहदीको बिहीबार मृत्यु भएको छ । उनी ८४ वर्षका थिए । उनलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको उनको दलले पुष्टि गरेको छ । मेहदी सुडानमा प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचित अन्तिम प्रधानमन्त्री भएका थिए ।
उनलाई केही महिना पहिले इस्लामिक धार्मिक समूहद्वारा समर्थन रहेको सैन्य विद्रोहमार्फत पदच्युत गरिएका तत्कालिन राष्ट्रपति ओमार अल बसिरले सन् १९८९ मा वर्खास्त गरेपछि सुडानको राजनीतिमा प्रजातान्त्रिक मूल्य र मान्यताका लागि निरन्तर आवाज उठाउँदै आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)