मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अदालतको आदेशसँगै टोपबहादुर रायमाझीको सांसद पद निलम्बन

Ujyaaloonline.com · Sat Jun 17 00:42:50 GMT 2023

काठमाण्डाै – नक्कली शरणार्थी प्रकरणमा काठमाण्डौ जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएसँगै एमाले नेता टोपबहादुर रायमाझीको सांसद पद स्वतः निलम्बन भएको छ ।

प्रतिनिधिसभा नियमावलीमा कुनै पनि सांसद फौजदारी अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएको अवस्थामा पद निलम्बनमा पर्ने प्रावधान छ । अदालतबाट यो मुद्दाको अन्तिम किनारा नलाग्दासम्म रायमाझीले सांसदको हैसियतमा कुनै गतिविधि गर्न नपाउने नियम छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)