मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चक्रवात प्रभाव : अन्नपूर्ण पदयात्रा स्थगित गर्न आग्रह

gorkhapatraonline.com · Wed Oct 28 14:11:30 GMT 2026

मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित भएको अति शक्तिशाली चक्रवात ‘अर्नब’ का कारण प्रतिकूल मौसम हुने चेतावनी दिएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण प्रथम हिमालको पदयात्रा स्थगित गर्न आग्रह गरेको छ ।

अन्नपूर्ण गाउँपालिकाले बुधबार सूचना जारी गर्दै वडा नम्बर ४ नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरको पदयात्रा तीन दिन स्थगित गर्न आग्रह गरेको हो । दसैँ–तिहार बिदाको सदुपयोग गर्दै यतिखेर मौरिस हर्जोग पदमार्ग चार हजार ५० मिटरको उचाईमा रहेको अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरको पदयात्रामा आन्तरिक पर्यटकको भिड लागेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)