मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मलेसिया रोजगारीबारे भ्रामक सूचना नफैलाउन श्रम मन्त्रालयको आग्रह

himalpress.com · Wed Oct 28 14:13:53 GMT 2026

काठमाडौँ – युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसिया रोजगारीसम्बन्धी भ्रामक, भ्रमपूर्ण तथा तथ्यहीन सूचना र समाचार सम्प्रेषण नगर्न आग्रह गरेको छ । मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा मलेसिया रोजगारीसम्बन्धी भ्रामक सूचना सम्प्रेषण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

वैदेशिक रोजगारीजस्तो संवेदनशील विषयमा सत्य-तथ्यबिनाका सूचनाले आमनागरिक तथा सरोकारवालामा अन्योल सिर्जना गर्न सक्ने भन्दै मन्त्रालयले सम्बन्धित सबैलाई यथार्थपरक सूचना सम्प्रेषण गर्न आग्रह गरेको छ । मन्त्रालयका अनुसार मलेसिया रोजगारीको पछिल्लो अवस्थाबारे नेपालले अवलम्बन गरेको श्रम तथा रोजगारसम्बन्धी नीति, वैदेशिक रोजगार ऐन तथा नियमावली, द्विपक्षीय श्रम सम्झौता र अन्तर्राष्ट्रिय कानुनको परिधिभित्र रही मलेसिया सरकारका सम्बन्धित निकायसँग निरन्तर कूटनीतिक संवाद भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)