अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको मिति संशोधन, १० गते उदघाटन
onlinekhabar.com · Thu Sep 19 17:15:23 UTC 2024

३ असोज काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलनको मिति फेरि संशोधन गरिएको छ ।
बुधबार सम्पन्न कार्यालयको बैठकले राष्ट्रिय सम्मेलन असोज १२ गतेदेखि १५ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो। तर अध्यक्ष प्रचण्डको उपस्थितिमा केन्द्रीय समितिको बैठकबाट तोकिएको सम्मेलनको मिति कार्यालय टिमका केही सदस्यहरु बसेर संशोधन गरेको भन्दै आलोचना पनि भएको थियो । त्यसपछि पार्टी अध्यक्ष प्रचण्ड सहितका नेताहरुसँग परामर्श गरेर दुई दिन अघि सारिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)