मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गणेश नेपालीकी श्रीमतीले पाइन् नागरिकताको प्रमाणपत्र

barnanmedia.com · Sun Jul 12 20:15:00 GMT 2026

आफ्नै शरिरमा पेट्रोल खन्याएर आत्मदाह गरेका गणेश नेपालीकी श्रीमती एकमाया नेपालीले आइतबार नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् ।

उनले जिल्ला प्रशासन कार्यालयमा गृहमन्त्री सुधन गुरूङको हातबाट नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी हुन् । उनीहरूको चार वर्षअघि विवाह भए पनि अहिलेसम्म विवाह दर्ता भएको थिएन । एकमायाले नागरिकता पनि बनाएकी थिइनन् । श्रीमानको मृत्युपछि विवाह दर्ता गर्नुका साथै उनको नागरिकता पनि बनेको एक आफन्तले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)