मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

करका दर हेरफेरबारे अर्थमन्त्रीमाथि संसदमा उठ्यो प्रश्न, कांग्रेस र नेकपाले खोजे पारदर्शीता

clickmandu.com · Wed Jun 10 11:51:39 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले अर्थमन्त्रीबारे उठेको गम्भीर प्रश्नका विषयमा सबै किन बरफ? भन्दै प्रश्न गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा आङ्देम्बेले अर्थमन्त्रीको विवादबारे यस्तो प्रश्न उठाएका हुन् ।

‘हिजो मन्त्रीको बारे प्रश्न उठ्दा सबै आगो, आज अर्थमन्त्रीकोबारे गम्भीर प्रश्न उठ्यो । सबै बरफ किन ?,’ आङ्देम्बेले भने । उनले अर्थमन्त्री वाग्ले करका दर हेरफेर विवादमा परेको विषयलाई संकेत गर्दै यस्तो बताएका हुन् ।

यस्तै, नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश हमालले पनि अर्थमन्त्रीले संसद छलेर आर्थिक विधेयक संशोधन गरेको भन्दै प्रश्न उठाए ।

सार्वभौम संसदमा पेस गरेको विधेयक सोही संसदलाई छलेर जथाभावी संशोधन गर्ने काम भएको भन्दै उनले अर्थमन्त्रीको भूमिकामाथि प्रश्न उठाएका हुन् ।

करको दर हेरफेरको आरोप लगाएर विपक्षी दलहरूले अर्थमन्त्री वाग्लेकै राजीनामा मागिरहेका छन् ।

आर्थिक विधेयकमा भएको करका दर हेरफेरबारे संसदीय छानबिन समिति गठन हुनुपर्ने माग पनि राप्रपा लगायतका दलहरुले राख्दै आएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)