सुरूमा धर्मराएको सुदूरपश्चिमलाई दीपेन्द्रको अर्धशतकले दिलायो सानदार जित
setopati.com · Wed Oct 28 14:48:00 GMT 2026
कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतक र इशान पाण्डेसँगको उत्कृष्ट साझेदारीमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो जित निकालेको छ। सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो।
बुधबार त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रले अविजित ५१ रन बनाए। उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)