बजेटभन्दा धेरै रेमिट्यान्स
gorkhapatraonline.com · Thu Aug 27 01:51:32 GMT 2026

नेपालमा कुल बजेटभन्दा ठुलो रकम विदेशबाट प्राप्त आम्दानीको भएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेटभन्दा सोही आवमा प्राप्त भएको विप्रेषण (रेमिट्यान्स) को रकम करिब चार खर्ब रुपियाँले बढी भएको हो ।
नेपाल राष्ट्र बैङ्कले बुधबार जारी गरेको गत आव २०८२/८३ को देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदन अनुसार सो आवमा कुल २३ खर्ब ६३ अर्ब १३ करोड रुपियाँ बराबर रेमिट्यान्स भित्रिएको छ । जबकि २०८२ जेठ १५ गते तत्कालीन उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड रुपियाँको थियो । यस आधारमा बजेटभन्दा तीन खर्ब ९९ अर्ब दुई करोड रुपियाँ बढी रेमिट्यान्स प्राप्त भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)