कोप–३१ मा नेपालको सहभागिता परिणाममुखी बनाउन संसदीय समितिका सभापतिको निर्देशन
baahrakhari.com · Wed Oct 28 15:20:32 GMT 2026

काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोसी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिले आगामी कोप–३१ सम्मेलनमा नेपालको सहभागितालाई ठोस उपलब्धिमुखी बनाउनुपर्नेमा जोड दिएको छ ।
सिंहदरबारमा बुधबार बसेको समितिको बैठकमा सभापति गणेश पराजुलीले जलवायु कूटनीति र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्दै कोप सम्मेलनमा नेपालको सहभागिता औपचारिक भ्रमणमा मात्र सीमित नराख्न निर्देशन दिए । उनले अन्तर्राष्ट्रिय वार्तामा सहभागी हुने प्रतिनिधि विषयविज्ञ, पर्याप्त तयारीसहित र नेपालको हित प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्षम हुनुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)