आर्य फार्माल्याब र एनपीएलबीच तीन वर्षे सहकार्य
nepalviews.com · Wed Oct 28 16:07:20 GMT 2026
काठमाडौं । आर्य फार्माल्याबले नेपाल क्रिकेट संघ (क्यान) सँग नेपाल प्रिमियर लिग (एनपीएल) को स्वास्थ्य साझेदारका रूपमा तीन वर्ष सहकार्य गर्ने सम्झौता गरेको छ।
स्थापनाको ३०औँ वर्षमा प्रवेश गरेको अवसरमा आर्य फार्माल्याबले क्यानसँग उक्त सम्झौता गरेको हो। सहकार्यको उद्देश्य क्रिकेटमार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै खेलकुद र जनस्वास्थ्यबीचको सम्बन्धलाई थप मजबुत बनाउनु रहेको कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)